समाजसेवी डा. शर्माले गर्दिए मुटुरोगी चौधरीको निःशुल्क उपचार
एक्सन खबर
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका
सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण
चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् । बिपन्न परिवारका ७२ बर्षीय
चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो ।
स्वास्थ्यमा
समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए ।
नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो ।
डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए । तर, दयनीय आर्थिक
अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन ।
कालिचरणका
छोरा बैदेशिक रोगजारीका लागि भर्खरै दुवई गएका छन्, विदेश जाँदा लागेको ऋण
पनि तिरिसकेका छैनन् । घर बनाउँने काममा ज्यालादारी मजदुरी गरेर बुहारीले
घर धान्दै आएकी छन् । चौधरी परिवारसँग घर भएको १० धुर जग्गा बाहेक अन्य
सम्पत्ति छैन । पैसा नभएका कारण उपचार कसरी गराउँने भन्ने समस्याले
उनीहरुलाई पिरोलेको थियो ।
डा.शर्माले
चौधरी परिवारको अवस्था थाहा पाएपछि निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका
हुन् । विपन्न नागरिक औषधि उपचार कोषबाट पनि उपचारमा सहुलियत प्राप्त भयो ।
बाँकी सम्पूर्ण उपचार खर्च डाक्टर शर्माले निःशुल्क गराइदिएका हुन् ।
पैसा
अभावमा उपचार गर्न नसकिरहेका बेला डा.शर्माले उपचारमा सहयोग गरेको भन्दै
विरामी कालिचरणकी बुहारी गुञ्जा चौधरीले खुशी व्यक्त गरिन् । ‘पैसा नभएर
उपचारमा समस्या भइरहेका बेला सुनिल सरले सबै उपचार खर्च निःशुल्क गरेर ठूलो
गुन लगाउँनु भयो,’ चौधरीले भनिन् । उपचारका क्रममा करिब १ हप्ताको अस्पताल
बसाईपछि चौधरी अहिले डिस्चार्ज भएर घर फर्किएका छन् । अहिले उनको
स्वास्थ्य अवस्था समान्य रहेको परिवार स्रोतले जनाएको छ ।
डा.शर्माले
यसअघि पनि गरिब तथा बिपन्न हजारौं विरामीलाई निःशुल्क उपचार गराइसकेका छन्
। अरुको दुखमा साथ दिदै आएका डा.शर्माले सडकमा भेटिने वेवारिसे
विरामीहरुलाई पनि नोबेल अस्पताल ल्याई उपचार गराउँने गरेका छन् । उनले
कतिपय विपन्न विरामीलाई आर्थिक सहयोग पनि गरेका छन् । समाजसेवाका क्षेत्रमा
बेग्लै पहिचान बनाएका डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले
प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बनाउँन सिफारिस पनि गरेको छ ।
0 प्रतिकृया