Follow us:


Follow us

९ असोज २०७९, आइतवार
९ असोज २०७९, आइतवार


मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असोज, ३, २०७९




मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ, २ असोज । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतवार मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै पथरीशनिश्चरे वडा नं.२, ३ र बेलबारी वडा नं.४ मा शिविर सञ्चालन गराएका हुन् ।

तीन वटा शिविरबाट एकैदिन ९ सय १० जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । पथरीशनिश्चरे वडा नं.३ मा सञ्चालित शिविरमा ३४२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा नोबेलका स्त्रीरोग बिशेषज्ञ प्रा.डा.शान्ति सुवेदी नेतृत्वको टोलीले विरामीको जाँच गरेको हो । त्यहाँ ८९ जनाको इसीजी, १०५ जनाको रक्त परीक्षण र ९३ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएका २२ जनाको दाँत उखेलिएको छ भने थप उपचार गर्नुपर्ने ३१ जनालाई नोबेल अस्पताल रेफर गरिएको छ ।

त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै पथरीशनिश्चरे–२ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचारका लागि १५१ जना विरामी आएका थिए । जसमध्ये ९२ जनाको मुटुको जाँच इको गरिएको छ । नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरबाट ४२ जनालाई थप उपचारका लागि अस्पताल पठाइएको छ ।

यता, नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको टोलीले बेलबारी–४ मा आयोजित शिविरमा विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उपचारका लागि ४१७ जना विरामी आएको सो शिविरमा १०४ जनाको इसीजी, ११३ जनाको ल्याबटेष्ट, १०१ जनाको भिडियो एक्सरे गर्नुका साथै १९ जनाको दाँत उखेलिएको छ । त्यहाँ उपचार हुन नसकेका ३५ जनालाई अस्पताल रेफर गरिएको छ ।

तीन वटै शिविरबाट थप उपचारका लागि १०९ जना विरामी अस्पताल रेफर भएका हुन् । उनीहरुलाई नोबेल अस्पताल सञ्चालक डा.शर्माले अस्पतालकै गाडीमा ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले विपन्न विरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि सो क्षेत्रमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् ।

शिविरबाट ठूलो राहत मिलेको सो क्षेत्रका सर्वसाधरण बताउँछन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । समाजसेवी व्यक्तिको पहिचान बनाएका डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिससमेत गरेको छ ।















0 प्रतिकृया