Follow us:


Follow us

७ वैशाख २०८१, शुक्रवार
७ वैशाख २०८१, शुक्रवार


सुन्दरीजल उर्जाशिल युवा समाजद्वारा चाडपर्वको शुभकामना आदान प्रदान

एक्सन खबर
असोज, ८, २०७९


सुन्दरीजल उर्जाशिल युवा समाजद्वारा चाडपर्वको शुभकामना आदान प्रदान

काठमाडौं, ८ असोज । सुन्दरीजल उर्जाशिल युवा समाजले नेपालीहरुको महान चाडहरु विजयादशमी, शुभदिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । शनिबार क्लबले स्थानीय तहका जनप्रतिनिधि, व्यवसायीहरुको सहभागीतामा कार्यक्रम गरेको हो ।

सुन्दरीजलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महत रहेका थिए । सो अवसरमा बोल्दै प्रवक्ता महतले युवाहरु देश विकासको संवाहक भएको चर्चा गर्दै सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा युवाहरुको सहभागीताबाट नै मुलुकको विकास हुने बताए । समाजमा विद्यमान विक्रिति विसंगति विरुद्ध युवाहरु एक जुट भएर काम गर्नुपर्नेमा जोड दिँदै नेता महतले मंसिर ४ गतेको निर्वाचनमा युवाहरुले आफ्नो मताधिकार प्रयोग गर्दै सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले युवाहरुमा रहेको जोश र जाँगरलाई देश विकास तथा समाज परिवर्तनमा खर्चनुपर्ने बताए । राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा नविनतम सोच र आइडिया भएका युवाहरुको प्रवेश भए मुलुककाे विकास गर्न गाह्रो नहुने अन्सारीले जिकिर गरे । नेपाल मेडिकल कलेज नगरबासीको स्वास्थ्यप्रति सचेत रहेको जनाउँदै अन्सारीले आउँदा दिनहरुमा स्थानीय तह, युवाहरुसँग हातेमालो गर्दै स्वास्थ्य सेवाहरुलाई अझ प्रभावकारी र स्तरीय बनाउने जनाए । विजयादशमी, शुभ दिपावली, नेपाल संम्वत तथा छठपर्वको अवसरमा शुभकामना दिँदै नेकपा एमालेका नेता समेत रहेका अन्सारीले नेपाल विविध प्रकारको संस्कार, संस्कृति, परम्परा र जीवनशैलीको साझा फुलबारी रहेको पनि बताए ।

गोकर्णेश्वर नगरपालिकाका निवर्तमान मेयर सन्तोष चालिसेले नेपालीहरुका महान चाडहरु धर्म संस्कृति र पराम्पराले नेपालको पहिचान बोकेको बताए । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा युवाहरुको सहभागीता अपरिहार्य रहेको जनाउँदै व्यवस्थापन परिवर्तन भएपनि सुद्धिकरण हुन बाँकी रहेकोले आउँदो निर्वाचनले राजनीतिमा सुद्धिकरण गर्ने जनाए । पार्टीभित्र र सरकार सञ्चालन गर्ने सिलसिलामा पनि सुद्धिकरण गर्न युवाहरुले हातेमालो गर्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा क्लबमा आबद्ध युवाहरुले सास्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए । युवा समाजले नगरपालिका तथा नगरका विभिन्न संघ संस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना गरेको थियो ।




















0 प्रतिकृया