Follow us:


Follow us

२३ मंसिर २०७९, शुक्रवार
२३ मंसिर २०७९, शुक्रवार


निर्यातमुखी उत्पादनमा नीजि क्षेत्रले लगानी गर्नुपर्ने नेतृ चौधरीको जोड

एक्सन खबर
असोज, ८, २०७९




निर्यातमुखी उत्पादनमा नीजि क्षेत्रले लगानी गर्नुपर्ने नेतृ चौधरीको जोड

विराटनगर ८, असोज । नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाल कृषि प्रधान देश भएकोले कृषिलाई निर्यातमुखी बनाएर जानुपर्ने बताएकी छिन् । कृषि क्षेत्रको विकास र उत्पादन बढाउन राज्यसँगै नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताएकी छिन् ।

विराटनगरमा आज कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको ‘उज्यालाे पूर्व’ कार्यक्रममा सहभागी हुँदै पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले तत्कालिन नेकपाको सरकारले आर्थिक क्षेत्रको विकास गर्न काम गरेको पनि बताइन् । प्रदेश १ को आर्थिक विकास गर्न चीनसँग पारवहन सन्धी भएर किमाथांकासम्म सडक सञ्जाल पुर्याउने काम तत्कालिन सरकारले नै गरेको उनले बताइन् । ‘किमाथांका सडक निर्माण भएको भए १० लाख पर्यटन भित्र्याउन सकिन्थ्यो । त्यसले प्रदेश १ को आर्थिक श्रोत बढ्ने थियो ।’ चौधरीले भनिन् ।

चौधरीले आफु छोटो समय राज्यमन्त्री भएका बेला तराई मधेशका २२ वटा जिल्लाका दसगजा क्षेत्रका जनतालाई आर्थिक क्षेत्रसँग जोड्ने गरी सिमा सुरक्षासँग सम्बन्धीत महत्वपूर्ण परियोजना ल्याएपनि कार्यान्वयन गर्न नसकेको बताइन् । ‘यो परियोजना कार्यान्वयन भएको भए भारतसँग जोडिएका तराईका २२ वटा जिल्लाको खुल्ला बोर्डर समस्या समाधान त हुन्थ्यो नै स्थानीय जनतालाई पनि उत्पादनमा जोड्न सकिन्थ्यो ।’ चौधरीले भनिन् ।

यस्तै, प्रदेश १ को नामाकरणमा संघ र प्रदेशविच तादम्यता नमिलेकै कारण असफल भएको चौधरीले बताइन् । नामाकरण गर्ने सवालमा जातिय, क्षेत्रीय, भौगोलिक, ऐतिहासिक पहिचानका कुराहरु बढी उठेपनि प्रदेश र संघ सरकारले संवोधन गर्न नसकेको बताउँदै चौधरीले भनिन्–‘बहुमतका आधारमा भएपनि नामाकरण गरेको भए उचित हुन्थ्यो ।’

यस्तै, महिलालाई नेतृत्वमा पुर्याउने सवालमा अझैपनि समस्याहरु रहेको चर्चा गरिन् । कतिपय अवस्थामा महिला पनि आफैं अगाडी बढ्नु पर्ने उनको भनाई थियो । कार्यक्रममा नेतृ चौधरीसँगै पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल, १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, उद्योगी महेश जाजूले प्यानल वहस गरेका थिए ।















0 प्रतिकृया