Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


सुसंस्कृत समाज निर्माणमा शिक्षकहरुको योगदानः भगवती चौधरी

एक्सन खबर
असोज, ११, २०७९


सुसंस्कृत समाज निर्माणमा शिक्षकहरुको योगदानः भगवती चौधरी

सुनसरी, १० असोज । नेकपा एमालेकी नेतृ भगवती चौधरीले दक्ष जनशक्ति उत्पादन र योग्य नागरिक निर्माणमा शिक्षकहरुको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् । सुनसरीको इटहरीमा नेपाल प्रगतिशिल प्राध्यापक संगठन १ नं. प्रदेश कमिटिले विजया दशमी दिपावली तथा छठ लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको विचार गोष्ठि तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले शिक्षकहरुको योगदानलाई राष्ट्रले मुल्यांकन गर्नुपर्ने बताइन् ।

इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै नेतृ चौधरीले सुसंस्कृत समाज निर्माणमा पनि शिक्षकहरुको भूमिका रहने बताउँदै नेकपा एमाले शिक्षकहरुका समस्या र हक अधिकारका लागि सदैव लागि पर्ने पनि बताइन् ।

चौधरीले विजयादशमी, दिपावली, नेपाल संम्वत, छठ पर्व लगायतको शुभकामना दिँदै नेपाली चाडपर्वहरुले सबै वर्ग, समुदाय, संस्कार र संस्कृतिलाई एकताबद्ध गराउन, आपसी भाइचारा वृद्धि गर्न समेत टेवा दिएको पनि बताइन् ।













0 प्रतिकृया