Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


ललितपुरको चंगाथलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असोज, १०, २०७९


ललितपुरको चंगाथलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १०, असोज । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले ललितपुरको चंगाथलीमा आज निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ७६५ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । शिविरमा आएका मध्ये १०९ जनाको इसिजी २१७ जनाको ल्याब, १४२ जनाको भिडियो एक्सरे गरिएको छ । भने, ११ जनाको दाँत खोलिएको र ३५ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको बताइएको छ ।

मोरङ निर्वाचन क्षेत्र नं. ३ मा समाजसेवा र राजनीति गर्दै आइरहेका डा. सुनिल शर्माले केएमसी लिएसँगै त्यहाँका स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँदै लगिएको छ । डा. शर्माले आम जनताको स्वास्थ्य प्रति सचेत हुँदै निःशुल्क स्वास्थ्य शिविर मार्फत गाउँगाउँमा शिविर लगिएको बताए ।

डा. शर्मा नेपाली कांग्रेसबाट राजनीति गर्छन् । उनी यहि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट प्रतिष्पर्धा गर्दैछन् ।
















0 प्रतिकृया