Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


खेलकूदका माध्यमबाट युवाहरुलाई सहयोग गर्ने नेतृ चौधरीको प्रद्धिबद्धता

एक्सन खबर
असोज, ९, २०७९


खेलकूदका माध्यमबाट युवाहरुलाई सहयोग गर्ने नेतृ चौधरीको प्रद्धिबद्धता

सुनसरी, ९, असोज । नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले खेलकुदको माध्यमबाट मुलुकलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आफु सदैव लागिपर्ने बताएकी छिन् । सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै चौधरीले विद्यालय तहबाटै खेलकुदको विकास र खेलाडी उत्पादनमा जोड दिए दक्ष खेलाडी उत्पादन हुने बताइन् ।

स्थानीय तहका सरकार र जनप्रतिनिधिहरुले पनि खेलकुदको विकासमा सहयोग गर्नुपर्ने जनाउँदै चौधरीले स्थानीय तथा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न, खेलकुदको माध्यमबाट युवाहरुलाई प्रोत्साहन दिन आफु सदैव सकारात्मक रहेको पनि बताइन् ।

नेतृ भगवती चौधरीले स्थानीय तहमा युवा स्वरोजगारका कुराहरु समेट्ने गरी काम गर्न सुझाउँदै बरु स्वरोजगार हुनेहरुलाई सहयोग गर्ने, सहुलियत कर्जा लिइदिने बताइन् । स्थानीय तहमा उत्पादित सामग्रीको प्रवद्र्धन र ब्राण्डिङ गर्ने सवालमा लघु उद्योग धन्धा गर्नेहरुलाई प्रोत्साहन पनि गर्ने बताइन् । एउटा स्वच्छ र स्वस्थ नागरिकको उत्पादनमा शारिरीक तथा मानसिक विकासको महत्वपूर्ण भूमिका रहेको पनि नेतृ चौधरीले बताइन् ।

सो अवसरमा नेपाल खेलकुद महासंघ बर्जु कमिटीको प्रथम ऐतिहासिक प्रथम सम्मेलन सम्पन्न भएको थियो ।













0 प्रतिकृया