Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


आफ्नो उत्पादनको मूल्य किसानले नै तोक्न पाउनुपर्छः भगवती चौधरी

एक्सन खबर
असोज, ११, २०७९


आफ्नो उत्पादनको मूल्य किसानले नै तोक्न पाउनुपर्छः भगवती चौधरी

सुनसरी, १० असाेज । नेकपा एमालेकी नेतृ भगवती चोधरीले किसानले आफ्नो उत्पादनको मूल्य आफैँले तोक्न पाउनुपर्ने बताएकी छिन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार सिफारिस भएकी चौधरीले सुनसरीमा आयोजित अखिल नेपाल किसान महासंघ एक नम्बर प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्दै उत्पादनशील क्षेत्रमा किसानले गरेको योगदान अनुसार राज्यले सम्मान नगरेको बताइन् ।

‘किसानले दुःख गरेर उत्पादन गर्छ, मूल्य भने अर्कैले राखिदिन्छ ।’ उनले भनिन्–‘वषौंदेखि किसानले भोग्दै आएको यस्तो असमान नीतिको विरुद्धमा जाग्नुपर्छ । राज्यलाई खबरदारी गरी–जस्तो उत्पादन हो उसैको मूल्य हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।’

चौधरीले युवालक्षित कृषि प्रणालीको सुधार गर्नुपर्ने औँल्याइन । उनले प्रविधिमैत्री खेतीको विकास गर्न राज्यले व्यवहारमा लागु गर्न सकिने योजना ल्याउनुपर्नेमा जोड दिइन् । उत्पादनलाई जीवन निर्वाहमुखी मात्र होइन, व्यावसायिकतामा ढाल्न सके आयातमुखी कृषि अर्थतन्त्रलाई विस्थापित गर्न सकिने उनको भनाई छ ।

‘हामीले सबै खाले खेती गर्दा सोचेजस्तो लाभ लिन सकिरहेका छैनौ ।’ उनले भनिन्–‘भूगोल अनुसार सुहाउँदो हावापानीमा हुनसक्ने बाली लगाउने बारे राज्यले चाक्ला बन्दी खेती अभ्यासलाई प्राथमिकता दिनुपर्छ । किसानलाई मल, बीउ र सिँचाइको उपयुक्त प्रबन्ध गर्नु राज्यको मूल्य दायित्व हो भन्ने बुझ्नुपर्छ ।’ नेतृ चाैधरी आगामी मंसिर ४ गते हुन गइरहेकाे आम निर्वाचनमा सुनसरी ३ बाट भाग लिँदैछिन् ।














0 प्रतिकृया