Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


सुनसरी-१ जसपालाई सुम्पने भएपछि विद्राेहकाे तयारीमा काँग्रेस

एक्सन खबर


सुनसरी-१ जसपालाई सुम्पने भएपछि विद्राेहकाे तयारीमा काँग्रेस

धरान, १७ असाेज । नेपाली काँग्रेसले २०७४ काे निर्वाचनमा स्थानीय कार्यकर्ताकाे भावना विपरित तत्कालीन संघीय समाजवादी पार्टीसँग तालमेल गरेर संघमा समाजवादी र प्रदेशमा काँग्रेसले उम्मेदवारी दिएका थिए । काँग्रेस कार्यकर्ताहरुकाे व्यापक असन्तुष्टि हुँदाहुँदै गरिएकाे चुनावी तालमेलबाट संघ र प्रदेश दुवैमा लज्जास्पद  हारेका व्यहाेरेका थिए ।

यसपटक पनि गठबन्धन गरी पार्टीले पुन: जनता समाजवादी पार्टीलाई नै संघ सुम्पिने तयारी गरेकाे भन्दै स्थानीय शीर्ष नेतृत्वहरु विद्राेह गर्न छलफल र तयारीमा जुटेकाे नाम नबताउने शर्तमा एक नेताले बताए । उनका अनुसार संघमा र दुई प्रदेश मध्ये एकमा काँग्रेसले पाउनु पर्ने अन्यथा संघ र प्रदेश सबैमा विद्राेह गर्ने तयारीमा स्थानीय शीर्ष नेतृत्वहरु पुगेकाे बताईएकाे छ ।

पार्टीले दिने समानुपातिक तर्फ समेत सुनसरी १ लाई उपेक्षा गरेकाले विद्राेह थप सशक्त हुने उनले बताए । छलफलमा माथिल्लाे तहबाट राजनीतिक अभिभावकत्वकाे महशुष र अनुभूति गर्न नसकिएकाे ठहर समेत गरेकाे उनले बताए ।

संघमा केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मीन विश्वकर्मा र प्रदेश महामन्त्री उमेश थापा, प्रदेश १(क) मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, १(ख) मा जिल्ला सचिव माधव घिसिङ, महाधिवेशन प्रतिनिधिहरु जगत कार्की, राेहित सुब्बा लगायतकाे दावी रहेकाे छ ।

नेता मीन विश्वकर्मा र नगर सभापति श्याम पाेखरेलले त सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस संसदीय दलका सचेतक समेत रहेका विश्वकर्माले सामाजिक सञ्जालमा लेखेका छन् ‘गठबन्धनकाे नाममा तिहारमा झण्डी मुकुट खेले जस्ताे अन्दाजकाे भरमा २०७४ काे निर्वाचनमा पनि नेपाली कांग्रेसले अमुक पार्टीकाे लागि छाेडेकाे सुनसरी १ का बारेमा स्थानीय दलगत एवं आम जनभावना नबुझि यसपटक पनि बाहिरबाट आफुखुसी, मनगढन्ते र अव्यवहारिक निर्णय भयाे भने त्यसबाट आउने परिणामकाे जिम्मेवारी कसले लिने त्याे पनि आजै ख्याल गर्नेकी हजुर ?’















0 प्रतिकृया