Follow us:


Follow us

१ साउन २०८३, शुक्रवार
१ साउन २०८३, शुक्रवार


दशैंको टीकाको दिन मान्यजनले दिने यस्ता छन् आशीर्वाद

एक्सन खबर
असोज, १९, २०७९


दशैंको टीकाको दिन मान्यजनले दिने यस्ता छन् आशीर्वाद

काठमाडाैं, १९ असाेज । दशैंमा टीका ग्रहण गर्दा मान्यवरहरुले भनेर आर्शिवाद अनि त्यसको महत्व सस्कृत भाषामा पढिन्छ, टीका लगाँउदै पढिने यस्ता मन्त्रहरुको सरल नेपालीमा नभनिदिँदा कैयन सस्कृत मन्त्रको बिशेषता र ज्ञानबाट बञ्चित छन् । हामीमध्ये पनि धेरैले धेरै पटक यस मन्त्रोच्चारणसँगै टीको नथापेका कहाँ हौं र ? तथापि अर्थ भने खासै थाहा नहुन सक्छ ।  

महिला अनि पुरुषहरुका लागि बेग्लाबेग्लै मन्त्र रहेका छन् जसमा पौराणीक चरित्रहरुसँग दाँजेर ति अनुसारका गुणहरु टीका ग्रहण गर्ने व्यक्तिमा होस् भनि आशिष दिईन्छ । यसपालीको दशैंबाट यी मन्त्रहरुलाई सरल नेपाली भाषामा सबैले बुझ्नेगरि पनि दोहोर्याउने पो हो कि ?

पुरुषहरुका लागि


आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ॥


अर्थात्,
द्रोणको छोराको जस्तो आयु होस्, अर्थात द्रोणका छोरा अस्वस्थामा हुन् । एक पटक अस्वस्थामाले अभिमन्युकी पत्नी उत्तरालाई हतियार प्रहार गरेका हुन्छन्, यसको सरापमा भगवान कृष्णले उनलाई ३ लाख बर्षसम्म बाँच्नै पर्ने तथ्यबाट सरापेका हुन्छन् । यस भनाई बाट द्रोणका पुत्रको जस्तो आयु त एउटा प्रत्यक्ष कथन मात्र हो, अर्को तर्फ जीवनको मुल्य अनि असल कर्म गर्न पनि प्रेरित गरिएको छ ।

दशरथको जस्तो श्रीसम्पती होस् अनि राम अर्थात राघवको जस्तो शत्रुलाई परास्त पार्न सक्ने क्षमता होस् भनिएको हो ।

ऐश्वर्य नहुषे अर्थात नहुष स्वर्गका निमित्त राजा हुन् । देवराज ईन्द्रको अनुपस्थितीमा नहुषले स्वर्गमा राज गरेका हुन्छन् । आफ्नो राजकाजमा अत्यन्त बिलासी जीवन बाँचेका नहुषको जस्तो सुख ऐश्वर्य होस् भनिएको हो । रोचक कथन के छ भने नहुषले ईन्द्र देव कि श्रीमती सचीको भोग गर्ने लालसा राखेका हुन्छन् र यो दुसस्साहसकालागि उनलाई पृथ्वीमा हजारौं बर्ष किराका रुपमा बाँच्नुपर्ने श्राप लागेको हुन्छ ।

ऐश्वर्यको सिमा अनि सत्यताको वकालत पनि नहुषको उदहारणले सबैलाई यस मन्त्र मार्फत गरेको छ ।

पवन अर्थात वायुको जस्तो गति होस् भनेर अपेक्षा गरिएको छ । घर भन्दा पर हुनुहुन्छ भने पनि यि नेपालबाट वहने हावाका झोंकाहरुले तपाँईलाई शिघ्रातिशिघ्र देशको माया प्रवाह गरिरहेछन् ।

त्यसै गरि दुर्योधनको जस्तो मान होस्, दुर्योधनले आफुले हार्ने जान्दाजान्दै पनि आफ्नो बचन अनि मानका लागि महाभारत युद्ध लडेका हुन् । आफ्ना मानका खातिर रत्तिभर पनि नझुक्ने दुर्योधनको यो प्रवृतिलाई पनि मन्त्रले समावेश गरेको छ ।

सुर्यका सुत अर्थात सुर्य पुत्र कुन्तीको जस्तो दान गर्ने मनशाय र भाव होस् भनिएको हो । जन्मदै लगाएर आएका कवच पनि ईन्द्रलाई दान दिएका अनि त्यही दानका कारणले कमजोर भएका कर्णको युद्धमा पराजय र बिरगती हुनजान्छ ।

हलधर अर्थात हलो बोकेर हिड्ने बलरामको जस्तो बल होस् भनिएको हो । भीम, दुर्योधन लगायत अन्य धेरै पौराणीक पात्रहरुका कुस्ती गुरु बलरामको बलको चर्चा शास्त्रहरुले यथेस्ट गरेको छ । कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यता होस् भनिएको छ, उनले जीवनकालमा केवल एकपल्ट मात्र झुठो बोलेका भनिएको छ । स्मरण रहोस् हिन्दु धर्मशास्त्रमा सत्य भन्नाले सत्यता मात्र नभईकन पवित्र जीवनशैली पनि हो ।

अन्तमा बिज्ञानका लागि प्रसिद्ध एकजना कलाकौशलताका धनी बिदुरलाई संवोधन गरिएको छ । उनी जस्तै कला, दर्शन अनि सिपमा कौशल रहनु भन्दै माथि उल्लेखित सबैजनाको गुण कायम होस् भनिएको हो ।

महिलाको लागि


जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥

जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥


यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ ।
मंगलगुण कि देवी अनि सदासर्वदा विजयी जयन्तीप्रति हार्दिक नमन ।

 जीवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधी बाहिर छिन्, उनी प्रति नमन र मानव खप्परको माला लगाएकी कपालिनी प्रति हार्दीक नमन दुर्गतीको नाश गर्ने दुर्गा प्रति नमन अनि एकाकार र सर्बशक्तिमान शिव प्रति नमन । क्षमा की देवी क्षमा प्रति नमन, र सबै जीवकी दाती धातृ प्रति नमन, हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहा प्रति नमन, मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रति

यस पालाको दशैंमा मन्त्र मात्र नभट्याएर आँउदा पुस्तालाई अर्थ पनि बताउने थाल्ने कि दशैं शुभ होस् जमरा र अक्षताको शुभ प्रभाव कायम रहोस् ।













0 प्रतिकृया