विजयादशमीकाे दाेश्राे दिनः टीका र आशीर्वाद ग्रहण गरिँदै
एक्सन खबर
काठमाडाैं, २० असाेज । विजयादशमीकाे दाेश्राे दिन आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ ।
हिजाे विजयादशमीकाे दिन आफन्त तथा मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गरेसँगै देवीकाे प्रसाद भएकाले काेजाग्रत पूर्णिमासम्मै टीका लगाउने प्रचलन रहेकाे छ ।
टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं समाप्त हुन्छ ।
0 प्रतिकृया