Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


मुस्लिम बस्तीमा डा. सुनिल शर्मालाई भब्य स्वागत (फोटो फिचर)

एक्सन खबर
कार्तिक, २६, २०७९


मुस्लिम बस्तीमा डा. सुनिल शर्मालाई भब्य स्वागत (फोटो फिचर)

विराटचोक, २६ कार्तिक । चुनावी अभियानको क्रममा घरदैलोमा गएर मत माग्दै हिँडिरहेका डा. सुनिल शर्मा मुस्लिम बस्तीमा पुगेर सम्बोधन गरेका छन् । डा. शर्मा तथा प्रदेश सभाका उम्मेदवारलाई मुस्लिम सहुदायले भब्य स्वागत गरे ।

‘यो ५ वर्षमा मुस्लिम टोलमा हामीले पटकपटक स्वास्थ्य शिविर सञ्चालन गर्याैँ’, शुक्रबार जुम्माको प्रार्थना सकिएपछि पुगेका शर्माले भने, ‘बिरामी मुस्लिम नागरिकलाई लगेर सक्नेलाई ५० प्रतिशत छुटमा र नसक्नेलाई निःशुल्क उपचार गरेर घर ल्यायौँ । तपाईँहरुले मत दिएर जिताएर पठाउनुभएको नेताले के गर्नुभयो ?’

गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभामा उम्मेद्वारी दिएका लक्ष्मीकुमार श्रेष्ठलाई पनि कलम चिह्नमा मत दिन उनले अनुरोध गरे । ‘मस्जिदको अगाडि बसेर सोचिदिनुहोस् । ३८ वर्षसम्म चक र डस्टर घोटेर हाम्रा छोराछोरीलाई उचित शिक्षा दिने लक्ष्मी सरलाई र निर्वाचनमा पराजित हुँदा पनि परोपकारी काममा लाग्ने मलाई यो चुनावमा जिताउने कि नजिताउने ?’

आफूहरुले जितेमा सीमान्तकृत वर्ग, दलित, आदिवासी जनजाति, मुस्लिम लगायतको वर्गको हक हितको लागि आफूले सधैँ काम गर्ने उनले उद्घोष गरे । एक जना मुस्लिम छात्रालाई आफूले निःशुल्क चिकित्सा शिक्षा प्रदान गरेको पनि उनले सो क्रममा बताए ।

सुन्दरहरैंचा–९ स्थित मदरसा टोलमा भएको कोणसभामा सयौँको सङ्ख्यामा मुस्लिम मतदाता उपस्थित थिए । उनीहरुले योपटक डा. शर्मालाई भारी मतका साथ प्रतिनिधिसभामा पठाउने प्रतिबद्धता जनाए ।

















0 प्रतिकृया