Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


‘चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको क्याबिन निःशुल्क सञ्चालन गर्ने डा. शर्माको उद्घोष

एक्सन खबर
मंसिर, १, २०७९


‘चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको क्याबिन निःशुल्क सञ्चालन गर्ने डा. शर्माको उद्घोष

विराटचोक, १ मंसिर । मोरङको क्षेत्र नम्बर ३ बाट संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका डा. सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको क्याबिन निःशुल्क सञ्चालनमा ल्याउने बताएका छन् ।

निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले विपन्न नागरिकको उपचारका लागि ५० शैयाको क्याबिन निःशुल्क सञ्चालन गर्ने बताएका हुन् । अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भए पनि उनी स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरिरहेका छन् ।

 जनताको स्वास्थ्य उपचारको जिम्मा सरकारको भएको बताउँदै डा.शर्माले सरकारी कोषबाट तत्काल सम्भव नभए निजी स्रोतबाट सेवा प्रवाह गरेर भए पनि पैसा नभएकै कारणले कसैको ज्यान जाने अवस्था आउन नदिने पनि बारम्बार बताउने गरेका छन् ।

जुनसुकै राजनीतिक आस्था बोकेको व्यक्ति भए पनि समस्यामा परेको अवस्थामा आफूले तत्काल सहयोग गर्ने गरेको र त्यसलाई निरन्तरता दिइने उनले जनाए ।












0 प्रतिकृया