Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


हुलाकी सडक निर्माणको कामले लियो गति

एक्सन खबर
पौष, ९, २०७९


हुलाकी सडक निर्माणको कामले लियो गति

नवलपरासी पश्चिम, ९ पुस । तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गत पश्चिम नवलपरासीमा सञ्चालित दुई ठुला निर्माण योजनाको कामले गति लिएको छ ।

विभिन्न सडक निर्माण कार्यले लामो समयदेखि गति लिन नसकेको अवस्थामा यस क्षेत्रका नव निर्वाचित सांसद विनोद चौधरीको पहल पश्चात ठेकेदार कम्पनी तथा सरकारी निकायहरूले कामलाई तिब्रता दिएका हुन् ।

नारायणचोकदेखि त्रिवेणी जोड्ने रानीनगरसम्मको करिब १५ किलोमिटर सडक र बेलाटारीदेखि कठहवासम्मको करिब ९ किलोमिटर सडक स्तरोन्नतिको कामलाई पछिल्लो पटक तिब्रता दिईएको छ ।

सांसद चौधरीले आयोजनाबारे चासो व्यक्त गर्दै सडक विभागका महानिर्देशक, हुलाकी सडक आयोजनाका प्रमुख र हुलाकी सडक कपिलवस्तु—नवलपरासी सडक खण्ड आयोजना प्रमुख तथा निर्माण कम्पनीसँग सडक निर्माणको कामलाई तिब्रता दिन निर्देशन दिएपछि योजनाको कामले द्रुत गति लिएको हो ।
 
लामो समयसम्म अलपत्र परेको योजना सांसद चौधरीको पहलपछि तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवले बताए ।
 
नारायणचोकीदेखि त्रिबेणी जोड्ने रानीनगरसम्मको करिब १५ किलोमिटर सडक स्तरोन्नतिको काममा करिब ४७ वटा कल्भर्ट बन्नेछन् । सडक मध्ये नाला भएको क्षेत्रमा १२ मिटर र नाला नभएको क्षेत्रमा ७ मिटर कालोपत्रे हुनेछ । हाल करिब ४० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निर्माण कम्पनी ब्रज गुरु र महालक्ष्मी जेवीले कुल ५७ करोडको लागतमा उक्त सडकको स्तरोन्नति गर्न निर्माण गर्ने जिम्मा पाएको थियो ।

यसैगरी बेलाटारीदेखि कठहवा सडक खण्डको करिब ९ किलोमिटर सडक स्तरोन्नतिको काममा करिब ८ वटा कल्भर्ट बन्नेछन् । हाल करिब ५० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निर्माण कम्पनी कन्टेकले कुल २७ करोडको लागतमा उक्त सडक निर्माण गर्ने जिम्मा पाएको थियो ।
 
प्रतापपुर २ गोपीगञ्जका ५५ बर्षिय भजन प्रसाद चौधरीका अनुसार तीन बर्ष देखि सडक बन्न सुरु गरेपनि खासै काम हुन सकेको थिएन । ‘नवनिर्वाचित सांसद विनोद चौधरीले तत्काल पहल गरेपछि सडक निमार्णको काम धमाधम हुन थालेको छ ।’ चौधरीले भने । दुवै योजनाहरुलाई ठेक्का पाएको निर्माण कम्पनी र सरकारी निकायबाट तिबता दिइएको हुलाकी सडक आयोजनाका आयोजना प्रमुख विष्णुदेव पाण्डेले बताए ।


















0 प्रतिकृया