Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


नेतृत्वको कमजाेरी स्वीकार्नु पर्ने कांग्रेस लुम्बिनीको निष्कर्ष

एक्सन खबर
पौष, ११, २०७९


नेतृत्वको कमजाेरी स्वीकार्नु पर्ने कांग्रेस लुम्बिनीको निष्कर्ष

बुटवल, ११ पुस । पार्टीको केन्द्रीय नेतृत्वप्रति नेपाली काँग्रेस लुम्बिनीले गम्भीर असन्तुष्टी प्रकट गरेको छ । सबैभन्दा ठूलो दल भएर पनि पार्टी अहिलेको अवस्थामा पुग्नुमा नेतृत्वको कमजोरी रहेको कांग्रेस लुम्बिनीको निष्कर्ष छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको सोमबार बुटवलमा बसेको बैठकले नेतृत्वले कमजोरी स्वीकार्नुपर्ने निष्कर्ष समेत निकालेको छ । प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।

कांग्रेस नेतृत्वको अदुरदर्शीताका कारण पार्टी राष्ट्रको बागडोर सम्हाल्ने अवसरबाट बन्चित भएको काँग्रेस लुम्बिनीको ठहर छ । प्रदेश सभापति पुनले जनताले दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए ।

उनले अहिलेको सरकार जनादेश विपरित बनेको र यसले नागरिकको आकांक्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन् । बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको तीन संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।
 













0 प्रतिकृया