Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


धनगढीबाट नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ

एक्सन खबर
पौष, ११, २०७९


धनगढीबाट नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ

काठमाडौं, ११ पुस । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित ५ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बसपार्कबाट उनीहरूलाई एक लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पक्राउ गरिएको हो ।

धनगढीको साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिई जाँदा जिल्ला कैलाली चुरे गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ५५ का लालबहादुर साउँदको खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली नेपाली दरको नोट ४ थान फेला पारेको हो ।

नक्कली नोटहरूका सम्बन्धमा सञ्जाल नै रहेको खुल्न गएको कैलाली प्रहरीले जनाएको छ । उक्त व्यक्तिहरूको खोज तलास गर्ने क्रममा जिल्ला कैलाली धनगढी उप–महानगरपालिका १३ राजपुर स्थित एसएस होटेलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका ६ बस्ने वर्ष ३३ को लिलाधार मिश्र, डोटी शिखर नगरपालिका १० बस्ने वर्ष ३० को करनसिंह धामी र बडिकेदार गाउँपालिका १ बस्ने वर्ष ५० को मोहनसिंह बोहरा समेतलाई नियन्त्रणमा लिईएकाे छ ।

यसैगरी साेहि केसमा अनुसन्धान गर्दै जाँदा जिल्ला कैलाली धनगढी उप–महानरपालिका १३ स्थित कोठा भाडामा लिई बस्ने डोटी शिखर नगरपालिका १० बस्ने वर्ष ३० को करनसिंह धामी बस्ने गरेको डेरा कोठाको डोटी शिखरकै १९ वर्षीय टेकेन्द्र धामीलाई समेत पक्राउ परेका छन् ।  धामी बसेको कोठाको पलङको सिरानी मुनी लुकाई राखेको अवस्थामा नेपाली रुपैयाँ एक हजार का नोटहरू १३८ थान (एक लाख अठतिस हजार)  गरी जम्मा एक लाख ४२ हजार फेला पारेको छ ।

खानतलासी कै क्रममा सोही पलङको प्लाई मुनि रहेको बाक्सा भित्र जेब्रा झोलामा बाघको जस्तो देखिने अस्थिपञ्जर हड्डीहरू ५ किलो ५ सय ३० ग्राम, बैङ्क तथा आईएमई भौचर तथा चेकहरू, प्लास्टिक भित्र लुकाई छिपाई राखेका अवस्थामा जडिबुडी वनस्पतिका बोक्राहरू (आइएन के) र फलामका टुक्राहरू समेत फेलापारि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान भई रहेको जनाइएको छ ।















0 प्रतिकृया