माैसमः पहाडी क्षेत्रमा बदली र हिमालमा हिमपातको सम्भावना
एक्सन खबर
काठमाडौं, १२ पुस । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ । दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति पहाडी भूभागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको आंकलन महाशाखाले गरेको छ ।
बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
0 प्रतिकृया