माैसमः आज प्रदेश १ का हिमाली भू–भागमा हिमपात
एक्सन खबर
काठमाडौं, १४ पुस । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ का हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । प्रदेश १ र सुदूरपश्चिमका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
0 प्रतिकृया