Follow us:


Follow us

८ कार्तिक २०८३, शनिवार
८ कार्तिक २०८३, शनिवार


यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एक्सन खबर
पौष, १५, २०७९


यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १५ पुस । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ ।

दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।













0 प्रतिकृया