तस्बिरमा तमु ल्होसार रौनक (फाेटाे फिचर)
एक्सन खबर
काठमाडौं, १५ पुस । गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् । काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन् । सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
ल्हाेसारकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन् ।
0 प्रतिकृया