Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


सांसद डा. शर्माको निःशुल्क एम्बुलेन्स स्वास्थ्य शिविरबाट १९५ बिरामी लाभान्वित

एक्सन खबर
पौष, १५, २०७९


सांसद डा. शर्माको निःशुल्क एम्बुलेन्स स्वास्थ्य शिविरबाट १९५ बिरामी लाभान्वित

विराटनगर, १५ पुस । मोरङ निर्वाचन क्षेत्र नं. ३ का सांसद डा. सुनिल शर्माले आफ्ना क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आइरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका सांसद डा. शर्माले प्रत्येक शुक्रबार आफ्ना क्षेत्रका जनताका घरदैलोमा एम्बुलेन्स निःशुल्क स्वास्थ्य शिविरको पनि सुरु गरेकोमा आजको शिविर पथरी नगरपालिका वडा नं. ७ मा गरिएको छ ।

नोबेल शिक्षण अस्पताल मार्फत गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १९५ जना बिरामीको स्वास्थ्य जाँच गरिएको नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ३१ जनाको इसिजी, ४१ जनाको भिडियो एक्स–रे तथा ३७ जनाको ल्याब परीक्षण गरिएको छ । त्यस्तै, ५ जनाको दाँत खोलिएको नोबेलले जानकारी दिएको छ ।

एम्बुलेन्स क्याम्पमा जनरल मेडिसिन,  महिला रोग, नाक कान घाँटी, आँखा तथा दन्त रोगको स्वास्थ्य जाँच र इसिजी, ल्याब र भिडियो एक्सरे हुन्छ । स्वास्थ्य परीक्षणमा गम्भिर बिरामी फेला परे उनीहरुलाई बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि पठाइन्छ । डा. शर्माले आफ्ना क्षेत्रका जनताका लागि भनेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको ७२ घन्टाभित्र नोबेलमा ५० शैयाको निःशुल्क क्याविन सेवा नै सुरु गरेका छन् ।

डा. शर्माले मोरङ क्षेत्र नं. ३ का जनतालाई शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ताबाट बञ्चित नगराउन व्यक्तिगत तवरले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविर, उपचार सेवाले ग्रामिण क्षेत्रका विपन्न नागरिक, महिला तथा बालबालिका र जेष्ठ नागरिकले अधिकतम लाभ लिइरहेका छन् ।


















0 प्रतिकृया