Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


नेपाल मेडिकल कलेज र सिद्धार्थ बिजनेस ग्रुपबीच सहकार्य सम्झौता

एक्सन खबर
बैशाख, २, २०८३


नेपाल मेडिकल कलेज र सिद्धार्थ बिजनेस ग्रुपबीच सहकार्य सम्झौता

काठमाडौं । नेपाल मेडिकल कलेज र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी बीच सेवा आदान–प्रदान तथा पारस्परिक सहकार्यका लागि समझदारीपत्र गरिएकाे छ ।२०८२ साल चैत ३० गते सम्पन्न उक्त सम्झौताअनुसार दुवै संस्थाले आफ्ना सेवा तथा सुविधामा एकअर्काका कर्मचारी, तिनका परिवार सदस्य तथा सिफारिस गरिएका अतिथिहरूलाई विशेष छुट प्रदान गर्ने सहमति भएकाे छ ।
सम्झौताअनुसार सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आवास तथा सम्मेलन सेवामा विशेष छुट दर उपलब्ध गराउने, आफ्ना आउटलेटहरूमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट दिने, सिद्धार्थ बुटिक होटलमा १५ प्रतिशत छुट तथा प्रकाशित दरअनुसार आवासमा २० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ । साथै, SBGH अन्तर्गतका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरूमा यी सुविधाहरू लागू हुने जनाइएको छ ।
त्यसैगरी नेपाल मेडिकल कलेज (NMC) ले SBGH का कर्मचारी तथा तिनका परिवार सदस्यहरूलाई विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्रदान गर्नेछ । जनरल बेडमा २० प्रतिशत तथा दर्ता, परामर्श, प्रयोगशाला परीक्षण, फिजियोथेरापी, इसिजी लगायतका सेवाहरूमा १० प्रतिशत छुट दिइनेछ । एक्स-रे, भिडियाे एक्स-रे, इकाे, पिएफटी, टीएमटी जस्ता सेवाहरूमा ५ प्रतिशत छुट व्यवस्था गरिएको छ ।
सम्झौतामा दुवै पक्षले आफ्ना कर्मचारीहरूलाई उक्त सहकार्यबारे जानकारी गराउने, सेवा लिन परिचयपत्र अनिवार्य देखाउनुपर्ने तथा ग्राहक सेवा सम्बन्धी जानकारी सम्बन्धित निकायसम्म पुर्याउने सहमति गरेका छन् ।
यो सम्झौता हस्ताक्षर भएको मितिबाट दुई वर्षसम्म लागू रहनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ । आवश्यक परेमा ३० दिनको लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सकिने प्रावधान पनि राखिएको छ ।
दुवै संस्थाबीचको यस सहकार्यले स्वास्थ्य तथा आतिथ्य सेवामा गुणस्तर वृद्धि हुनुका साथै कर्मचारी तथा सेवाग्राहीहरूलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताउनु भयाे ।












0 प्रतिकृया