Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

एक्सन खबर
चैत, ३०, २०८२


खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

काठमाडाैं । साहित्यकार तथा संगीतकार महेश्वर पन्तको नयाँ लोकगीत “सुनको धारो चाँदीको पँधेरो” सार्वजनिक भएको छ । गीतका रचनाकार पन्त स्वयं हुन् भने संगीत संयोजन पनि उहाँकै रहेको छ । 

गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र समीक्षा अधिकारीले स्वर दिएका छन्, जसले गीतलाई थप जीवन्त बनाएको छ । म्युजिक भिडियो निर्देशन शिव विकले गरेका हुन् । भिडियोमा मोडलको रूपमा अञ्जली अधिकारी र प्रभातपल ठकुरी देखिएका छन् । साथै कलाकार रमेश दाहाल र स्वयं स्रष्टा पन्त पनि अतिथिको रूपमा भिडियोमा देख्न सकिन्छ ।

यो गीत तथा भिडियो कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले निर्माण गरेको हो, जसले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसअघि पनि प्रतिष्ठानले “आमा सानिमा, फूलको थुँगा खस्यो पानीमा” जस्ता लोकगीतमार्फत नेपाली मौलिक संस्कृतिलाई अगाडि बढाउँदै आएको छ ।

कार्यक्रमका वक्ताहरूले यो गीतले नेपाली लोकगीत संगीतमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरेका छन् । विशेषगरी लोप हुँदै गएको गाउँघरको रोधी संस्कृति पुनर्जीवित गर्न यस गीतले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

हेर्नुहाेस् भिडियाे














0 प्रतिकृया