Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उचाइ: प्रधानमन्त्री बालेन टाइम म्याग्जिनकाे प्रभावशाली सय व्यक्तित्वमा

एक्सन खबर
बैशाख, २, २०८३


अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उचाइ: प्रधानमन्त्री बालेन टाइम म्याग्जिनकाे प्रभावशाली सय व्यक्तित्वमा

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) विश्वप्रसिद्ध टाइम म्याग्जिनद्वारा सार्वजनिक गरिएको सन् २०२६ को “सय सबैभन्दा प्रभावशाली  व्यक्तित्वकाे” सूचीमा परेका छन् । विश्वभरका प्रभावशाली १०० व्यक्तित्वहरूको यो प्रतिष्ठित सूचीमा बालेनलाई २५ शीर्ष नेतामध्येमा समावेश गरिएको छ ।

टाइम म्याग्जिनले प्रकाशित गरेको प्रोफाइलमा बालेनको हिप–हप कलाकारदेखि राष्ट्रिय नेतृत्वसम्मको यात्रा, युवापुस्ताको समर्थन, तथा पुरानो राजनीतिक संरचनाविरुद्धको अभियानलाई विशेष रूपमा उल्लेख गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर हुँदै राष्ट्रिय नेतृत्वमा पुगेका बालेनलाई “नयाँ पुस्ताको राजनीतिक परिवर्तनको प्रतीक” का रूपमा चित्रण गरिएको छ ।

उक्त सूचीमा अमेरिकी राष्ट्रपति डाेनाल्ट ट्रम्प, चीनका राष्ट्रपति सिं सि जिनपिङ, जापानको पहिलो महिला प्रधानमन्त्री ताकाइची, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू लगायत विश्व चर्चित नेताहरूसँगै बालेनको नाम समावेश हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि मानिएको छ ।

प्रधानमन्त्री बनेपछि बालेनले सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य र शहरी व्यवस्थापनमा सुधारका कार्यक्रम अघि बढाएका छन् । विशेषगरी युवापुस्तालाई लक्षित नीति तथा भ्रष्टाचार विरुद्धको कडा अडानले उनलाई लोकप्रिय बनाएको विश्लेषकहरू बताउँछन् ।

यो उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाउनुका साथै पर्यटन, कूटनीति र आर्थिक अवसरहरू विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विश्लेषकहरूका अनुसार, बालेनको उदय दक्षिण एसियामा परम्परागत राजनीति विरुद्ध नयाँ पुस्ताको प्रभावशाली हस्तक्षेपको संकेत हो ।













0 प्रतिकृया