Follow us:


Follow us

१६ जेठ २०८३, शनिवार
१६ जेठ २०८३, शनिवार


एलओडी विश्वकै उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा पर्न सफल

एक्सन खबर
बैशाख, २, २०८३


एलओडी विश्वकै उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा पर्न सफल

काठमाडाैं । ठमेलस्थित एलओडी क्लबले सन् २०२६ का लागि विश्वकै उत्कृष्ट डिजे क्लबहरूको सूचीमा ४०औँ स्थान हासिल गरेको छ । यो सूची बेलायतस्थित प्रतिष्ठित म्यागजिन डिजे म्यागले हरेक वर्ष सार्वजनिक गर्दै आएको “उत्कृष्ट १०० क्लब” सूची हो ।

यस वर्ष विश्वभरका ५०० भन्दा बढी क्लबहरूबीच प्रतिस्पर्धा हुँदा एलओडीले आफ्नो स्थान अझ सुधार गर्दै ४४औँबाट ४०औँ स्थानमा उक्लिन सफल भएको हो । क्लबका निर्देशक भुपेन कुँवरका अनुसार यो उपलब्धि केवल क्लबको मात्र नभई नेपालकै अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको गौरवको विषय हो ।

उनले उल्लेख गरेअनुसार, यो सफलता टीमवर्क, सेवा गुणस्तर र निरन्तर नवप्रवर्तनको परिणाम हो । साथै, यसले नेपालको रात्रिकालीन जीवनशैली र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय पर्यटक तथा क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्ने सम्भावना पनि यसले बढाएको छ ।

पछिल्ला वर्षहरूमा एलओडी सन् २०२२ मा ५२औँ स्थान, २०२३ मा ४९औँ स्थान, २०२४ मा ५०औँ स्थान, २०२५मा ४४औँ स्थानमा परेकाे थियाे । यो निरन्तर प्रगतिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको बढ्दो सम्भावना र स्तरलाई स्पष्ट रूपमा देखाएको छ ।













0 प्रतिकृया