Follow us:


Follow us

८ कार्तिक २०८३, शनिवार
८ कार्तिक २०८३, शनिवार


नाबालिग बलात्कार आरोपमा फरार वडाध्यक्षले गरे आत्मसमर्पण

एक्सन खबर
पौष, १८, २०७९


नाबालिग बलात्कार आरोपमा फरार वडाध्यक्षले गरे आत्मसमर्पण

बारा, १८ पुस । नाबालिग बलात्कार आरोपमा फरार वडाध्यक्षले गरे प्रहरी सामू आत्मसमर्पण गरेका छन् । निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु श्रेष्ठ (राजन) गत असाेजदेखि फरार थिए ।

वडा नम्बर २  कि एक नाबालिकालाई जबर्जस्ती करणीको आरोपमा वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष श्रेष्ठले एक नाबालिकलाई घरमा बोलाएर जबर्जस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार ईलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसँगै श्रेष्ठ फरार थिए ।

वडाध्यक्षलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उनी आफै ईलाका प्रहरी कार्यलय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिईन ।

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।














0 प्रतिकृया