Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन

एक्सन खबर
पौष, १८, २०७९


कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन

बुटवल, १८ पुस । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा दाङका डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दलको नेताका लागि संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले दाबी गरेका थिए ।

संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए । तर दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित चौधरी सर्वसम्मत भएका हुन् । संविधानसभाका सदस्य समेत रहेका उनी पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । उसका २९ सांसद छन् ।















0 प्रतिकृया