Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


फरवार्डद्वारा कर्जा बीमा मृत्यु दावी रकम हस्तान्तरण

एक्सन खबर
पौष, १८, २०७९


फरवार्डद्वारा कर्जा बीमा मृत्यु दावी रकम हस्तान्तरण

कैलाली, १८ पुस । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मृत्यु दावी रकम भुक्तानी गरेकाे छ । संस्थाकाे कैलाली चाैमालाको केन्द्र नं ४ का सदस्य जय कला देवी खत्रीकाे मृत्यु पश्चात उनका श्रीमान तारानाथ खत्रीलाई मृत्यु दावीको रकम हस्तान्तरण गरेको हो ।

चौमाला शाखाबाट मृतक खत्रीले २०७८ साल मंसिर २० गते १ लाख कर्जा लिएकाेमा उनकाे दुर्घटनामा परि मृत्यु भएकाे थियाे । उनकाे परिवारलाई कर्जा बिमा गरे अनुसार कर्जाको डबल र कृया खर्च गरी २ लाख २० हजार संस्थाको शाखा कार्यालय चौमाला मार्फत बुझाइएकाे हाे ।

संस्थाका चााैमाला शाखा कार्यालय प्रमुख गोमती जोराले संस्थाका प्रदेश प्रमुख रमेश कुमार चौधरी तथा समूहका अन्य सदस्य र कर्मचारीको उपस्थितिमा जयकला देवी खत्रीको नाममा रहेको कर्जा रकम ४७ हजार १ सय ३४ चुक्ता गरी निजका श्रीमान तारा नाथ खत्रीलाई बीमा दुर्घटना बिमाको बाँकी रकम १ लाख ७२ हजार ८६६ हस्तान्त्रण गरिएको हो ।

फरवार्ड माइक्राेफाइनान्सबाट कर्जा लिएकाहरूकाे कर्जा बीमा गरिएकाे हुन्छ । कथंकदाचित ऋणिकाे कर्जा भुक्तानी अगावै मृत्यु भएमा बीमाबाट उसले तिर्नु पर्ने रकम घटाएर बाँकी रकम हस्तान्तरण गर्ने गरिएकाे छ ।

सुनसरीकाे दुहवीमा प्रधान कार्यालय रहेकाे फरवार्ड माइक्राेफाइनान्सले महिलाहरूलाई सामुहिक जमानीमा सीप मुलक व्यवसाय गर्नका लागि लगानी गर्ने गर्दछ । फरवार्डबाट कर्जा लिएर सफल भएका महिलाहरूकाे संख्या देशभर हज्जाराैं छ । देशका ४० जिल्लामा १६० शाखा मार्फत फरवार्डमा जाेडिने महिलाहरूकाे संख्या करिब ३ लाख छ ।

फरवार्डकाे संस्थापक महिला अधिकारवादी नेतृ भगबती चाैधरी हुन् । उनी गएकाे प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित भएर संसदमा गएपछि हाल संस्थाकाे अध्यक्षमा केशबराज पाैडेल नियुक्त भएका छन् । a













0 प्रतिकृया