Follow us:


Follow us

७ कार्तिक २०८३, शुक्रवार
७ कार्तिक २०८३, शुक्रवार


रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

एक्सन खबर
पौष, २८, २०७९


रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

काठमाडौं, २८ पुस । रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।

पछिल्लो पाँच सिजनमा रियलले तीनपटक सुपर कपको उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

३९औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियलले अग्रता लिएको थियो । ४१औं मिनेटमा स्यामियोल लिनोले भ्यालेन्सिया खेलमा फर्काएका थिए । पेनाल्टी सुटआउटमा रियलका बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुज र मार्को एसेन्सियोले गोल गरे  । भ्यालेन्सियाका इडसन काभानी, ह्युगो गुइलामोन र मोरिबाले मात्र गोल गरे ।

फाइनलमा रियलले स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलाना र रियल बेटिसको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।













0 प्रतिकृया