मेसीको गाेलमा पिएसजीको सहज जित
एजेन्सी
एजेन्सी । विश्वकपपछि आफ्नो खेलमा मेसीले गोल गरेपछि पिएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । गएराति एन्जर्सविरूद्ध घरेलु मैदानमा पिएसजीले २-० को सहज जित निकालेको हो ।
पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे । पाँचौ मिनेटमा इकिटिकेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा अग्रता दोब्बर पार्यो ।
उसका लागि खेलको ७२ औं मिनेटमा मेसीले गोल गरे । यो उनको विश्वकपपछिको पहिलो गोल हो । विश्वविजेता मेसीले विश्वकपपछिको आफ्नो पहिलो खेलमै गोल गर्न सफल भएका हुन् ।
एम्बाप्पे बिदामा रहेको खेलको अन्त्यतिर इमारले गरेको गोल अफसाइड हुँदा पिएसजीले अग्रता बढाउने मौका गुमायो । यो जितसँगै पिएसजीले लिगमा ६ अंकको अग्रता बनाएको छ । गएराति नै दोस्रो स्थानमा रहेको लेन्सले स्ट्रासबर्गसँग २–२ गोलको बराबरी खेलेपछि पीएसजी लिग १ को शीर्ष स्थानमा ६ अंकले अग्रता बनाएको हो ।
0 प्रतिकृया