Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


यतिको 'ब्लाक बक्स' आयोगलाई जिम्मा

एक्सन खबर
माघ, २, २०७९


यतिको 'ब्लाक बक्स' आयोगलाई जिम्मा

पोखरा, २ माघ । साेमवार बिहान फेला परेको यति एअरलाईन्सको 'ब्लाक बक्स' छानबिन आयोगलाई जिम्मा लगाईएको छ । आइतवार बिहान भएको बिमान दुर्घटनाको 'ब्लाक बक्स' सोमवार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाईएको हो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतवार गठन भएको छानबिन समितिले आजैवाट काम सुरु गरेको र फेला परेको ब्लाक बक्स छानविन समितिलाई जिम्मा लगाईएको हो ।

बिमान दुर्घटनामा 'ब्लाक बक्स' महत्वपुर्ण प्रमाण हुन्छ । ककपिटमा भएका कुराकानी तथा अन्य आवाजका लागि 'ब्लाक बक्स'ले धेरै सुचना दिने गर्छ । 'ब्लाक बक्स'लाई सबैभन्दा बलियो प्रमाण मानेर छानबिन गर्ने गरिन्छ ।

पोखरा बिमान दुर्घटना पछि बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा एक छानविन आयोग गठन गरेको थियो । जसमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापालाई सदस्यमा राखेको थियो ।

सो आयोगको सदस्य सचिवमा भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्। गठन भए लगत्तै आयोगले छानविनको काम सुरु गरेको हो ।
 













0 प्रतिकृया