माैसमः काठमाडाैंकाे तापक्रम विस्तारै बढ्दै
काठमाडौं, १२ माघ । जल तथा माैसम पुर्वानुमान महाशाखाका अनुसार आज पनि केही भू-भागमा मौसम बदली भएको छ ।
पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली हुने जनाएको छ ।
शुक्रबार र शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तापक्रम बढ्दै
राजधानी काठमाडाैंकाे तापक्रम बिस्तारै बढ्न थालेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा पुगेको छ ।
बिहिबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
0 प्रतिकृया