मेस्सीकाे फ्रिकिक गाेलकाे मद्दतमा पिएसजीकाे जित
एक्सन खबर
काठमाडौं, ७ फागुन । लियाेनल मेस्सीले इन्जुरी टाइममा फ्रिकिक मार्फत गाेल गरेपछि फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलमाथि ४-३ गोलको संघर्षपूर्ण जित दर्ता गरेकाे हाे ।
घरेलु मैदानमा खेलको ११ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
खेलको २४ औं मिनेटमा बाफोडे डियाकिटेले गोल गर्दै लिललाई २-१ को स्थितिमा ल्याए । खेलकाे दाेश्राे हाफमा जोनाथन डेभिडले ५८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिललाई २-२ गोलको बराबरीमा ल्याए । खेलको ६९ औं मिनेटमा जोनाथन बाबाले गोल गर्दै लिललाई ३-२ को अग्रता दिलाए ।
तर, खेलको ८७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३-३ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा लियोनल मेस्सीले फ्रिकिक मार्फत गोल गर्दै पीएसजीलाई ४-३ को जित दिलाए । जितसँगै पीएसजीले २४ खेलमा ५७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । लिल ४१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
0 प्रतिकृया