Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


बालबालिकाको राष्ट्रिय नीतिमा सल्लाह सुझाब दिन मन्त्री चौधरीको आग्रह

एक्सन खबर
फागुन, १०, २०७९


बालबालिकाको राष्ट्रिय नीतिमा सल्लाह सुझाब दिन मन्त्री चौधरीको आग्रह

काठमाडौं, ९ फागुन । बालबालिकाको हक अधिकारको क्षेत्रमा काम गर्न सरकारले राष्ट्रिय बालबालिका नीति बनाईरहेको बताउँदै मस्यौदाको क्रममा रहेको नीतिमा आवश्यक सल्लाह सुझावहरु दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आग्रह गरेकी छिन् ।

आज नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले बालबालिकाको अधिकार सुनिश्चित गर्न आफु सक्रियरुपमा लागेको बताउँदै बन्दै गरेको राष्ट्रिय नीतिले धेरै अधिकार संरक्षित गरेको पनि बताइन् । ‘मेरो कार्यक्षेत्र र दायरामा पर्ने कुनैपनि विषयहरु मन्त्रालयमा रोकिएका छैनन्, महिलाका विषयमा, बालबालिकाका विषयमा, ज्येष्ठ नागरिक, अपाङ्गताका विषयमा नीतिहरु अगाडी बढेका छन् ।’ मन्त्री चौधरीले भनिन् ।

भोलीका कर्णधारका रुपमा रहेका बालबालिकाको विषयमा सबै पक्षसँग सहकार्य र छलफल गरेर अगाडी बढ्ने बताउँदै मन्त्री चौधरीले बाल संगठन, बालग्रामहरुका सम्पत्तिहरु संरक्षण गर्न र त्यहाँ आश्रित बालबालिकाहरुको संरक्षण, उनीहरुको शिक्षा, स्वास्थ्य लगायतमा विशेष ध्यान दिनपनि आग्रह गरिन् । बालबालिकाहरुसँग काम गर्ने विभिन्न संघ संगठनहरुसँग सहकार्य गरेर अगाडी बढ्न आफु तयार रहेको बताउँदै मन्त्री चौधरीले संघ संगठन भित्र देखिएका समस्या र विक्रिति न्यूनिकरणमा सबै पक्षको सकारात्मक भूमिका रहनु पर्ने बताइन् ।














0 प्रतिकृया