Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


च्याम्पियन्स लिगबाट बाहिरियाे पिएसजी

एक्सन खबर
फागुन, २५, २०७९


च्याम्पियन्स लिगबाट बाहिरियाे पिएसजी

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै बार्यन च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे ।

बुधबार राति भएको दोस्रो लेगमा पिएसजीले घरेलु टोली बायर्नलाई २–० ले नतिजा सुम्पिदा समग्रमा ३–० ले पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो । बायर्न म्युनिखसँग दुवै लेगमा पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो ।

बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा भएको दोस्रो लेगमा घरेलु टोलीको जितमा एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले दाेस्राे हाफमा गोल गरे । घरेलु टोलीविरुद्ध बल पोसेसन बनाउँदा लगातार दवाव बढाएपनि पिएसजीले गोल खान पुग्याे । ६१औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । त्यसपछि ८९औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नको २–० को जित पक्का गर्दै टोलीलाई क्वाटरफाइनलको यात्रा तय गराए ।

च्याम्पियन्स लिग जित्ने महत्वकाङ्क्षी योजना अनुसार स्टार खेलाडीलाई भित्र्याएको पिएसजी पछिल्लो सातमध्ये ५ पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।















0 प्रतिकृया