Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


वीपी प्रतिष्ठानका रजिस्ट्रारसहित चार जनाले पाए सफाइ

एक्सन खबर
फागुन, २५, २०७९


वीपी प्रतिष्ठानका रजिस्ट्रारसहित चार जनाले पाए सफाइ

काठमाडाैं, २५ फागुन । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन रजिस्ट्रार तुलबहादुर श्रेष्ठसहित चारजना कर्मचारीलाई विशेष अदालतले सफाइ दिएको छ । बिहीबार विशेष अदालतका न्यायाधिशद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले उनीहरूलाई सफाइ दिएकाे हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ पुस २०७६ मा रजिस्ट्रार श्रेष्ठका साथै आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरू चन्द्रकुमार मगर र रमेशकुमार खतिवडामाथि रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

उनीहरूको मिलेमतोमा प्रतिष्ठानबाट जीवन पौडेलका नाममा साढे ५ लाख रुपैयाँको भुक्तानी चेकमार्फत भएको दावी अख्तियारको थियो । उक्त भुक्तानीको बिल भरपाई नरहेको र उक्त रकम हिनामिना भएको निष्कर्षसहित मुद्दा दायर भएकोमा भ्रष्टाचार नभएको भन्दै चारै प्रतिवादीलाई विशेषले सफाइ दिएकाे हाे ।













0 प्रतिकृया