Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


धनकुटामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी र कविता प्रतियोगिता

एक्सन खबर
फागुन, २८, २०७९


धनकुटामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी र कविता प्रतियोगिता

धनकुटा । धनकुटामा आयोजित खुल्ला कविता प्रतियोगितामा अजय बुढाथोकी प्रथम भएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनकुटा नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जगमाया मादेन द्वितीय र शम्भुजित देउजा तृतीय भए भने गोपाल फुयालले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मोहन राई लगायतले उनीहरुलाई पुरस्कृत गरेका छन् ।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहूँचको विस्तार’ नारासहित महिला दिवस मनाइएको छ । सोही शीर्षकमा कविता प्रतियोगिता पनि आयोजना गरिएको हो । कविता प्रतियोगितामा १६ जनाले भाग लिएको प्रतियोगिताका संयोजक फूलमाया घिसिङले जानकारी दिइन् । महिला दिवसकै अवसर पारेर धनकुटा नगरपालिकाले प्रभातफेरी पनि आयोजना गरेको छ ।

यस्तै, साेहि अवसरमा धनकुटा नगरपालिकाको आयोजनामा धनकुटा बजारमा प्रभात फेरी गरिएको छ । अन्तर पार्टी महिला सञ्जाल, हुसाडेक नेपाल, हाम्रो बहुमुखी पाठशाला, महिला पुनस्थापना सेवा केन्द्र, पारालिगल समिति र वेस्ट नेपालसँग सहकार्य गरेर नगरपालिकाले प्रभातफेरी आयोजना गरिएकाे थियाे ।

‘घर र समाजको ऐक्यवद्धता लैङ्गिक हिंसाविरुद्ध शुन्य सहनशीलता, घरबाटै सुरु गरौं महिला हिंसा विरुद्धको अभियान, हाम्रो आवाजः हिंसारहित समाज, महिला सुरक्षा सम्मान र रोजगारी समृद्ध नेपालको आधार’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर महिलाहरुले प्रभातफेरी गरेका हुन् ।














0 प्रतिकृया