Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

एक्सन खबर
चैत, १४, २०७९


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिकाे बैठक स्थगित भएकाे छ । आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अब चैत्र १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत्र १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत्र १६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान भएको जानकारी दिए ।

१६ गतेकाे बैठकबाट कांग्रेसले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने छ । कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारी छ । सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न बाँकी भएकाले खड्काले कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न मन्त्रालय बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनमा रहेका १० दलको संयुक्त बैठक बोलाएका छन् ।













0 प्रतिकृया