Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गर्ने दुई जना पक्राउ

एक्सन खबर
चैत, २३, २०७९


सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गर्ने दुई जना पक्राउ

इनरुवा २३ चैत्र । सामाजिक सञ्जालमा बन्दुक सहित देखिएका दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरीनगर गाउँपालिकाबाट बुधबार उनीहरुलाई अबेर पक्राउ गरिएको हो ।

केहिदिन अघि सुनसरी हरीनगर १ का अमर कुमार गुप्ताले इटालियन पेस्तोल जस्तो देखिने हतियार सहितको आफ्नो फोटो सामाजिक सञ्जालमा प्रकाशित गरेका थिए । त्यसपछि सुनसरीमा सुरक्षा थ्रेट बढेको चर्चा हुन थालेपछि सुनसरी प्रशासनले बुधबार अबेर गुप्तालाई पक्राउ गरेको हो ।

गुप्ता सँगै उनका सहयोगी सोहि गाउँपालिका वडा नम्बर २ का रोशन साहलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका गुप्ताले केहिदिन अघि एक समुदायलाई लक्षित गर्दै त्रास फैलाउन हतियार सहितको आफनो तस्वीर सञ्जालमा हालेपछि सुनसरी प्रशासनले उनी माथी निगरानी बढाएको थियो ।

उनी एक अन्तराष्ट्रिय जातीय संगठनसँग आबद्धा भई हरीनगरबाट नेपालमा आफ्नो गतिविधि गर्दै आएको आरोप समेत छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका उप प्रमुख राजकुमार राईले घटनाको गहिरो अनुसन्धान थालिएको बताए ।

गुप्तालाई पक्राउ गरिएसँगै उनलाई छुटाउन र अनुसन्धान प्रभावित पार्न गिरोह समेत सक्रिय भइसकेको बताइन्छ । श्रोतका अनुसार सुनसरी प्रहरीले दवाबका बिच घटना अनुसन्धान गरीरहेकोले अनुसन्धान प्रभावित हुनसक्ने आशंका छ ।

जिल्ला प्रहरी प्रमुख प्रभु ढकालले मानिससहित फेला परेको हतियार हतियार जस्तो देखिएपनि खेलौना अर्थात लाइटर रहेको बताउँदै खेलौनाकै आधारमा उक्त व्यक्तिले अशान्ति फैलाएको बारे खोजी भइरहेको बताएका छन् । प्रहरी प्रमुख ढकालको यस्तो प्रतिकृया प्रति हरीनगरका केहि सर्वसाधारणले भने आशका ब्यक्त गरेका छन् ।

पक्राउ परेका गुप्ताबाट सक्कली हतियार परीवर्तन गरी नक्कली हतियार देखाएर  मुद्दा कमजोर पार्न खोजिएको आशंका छ । तर, यस्तो आरोप पुर्ण कपोलकल्पित रहेको प्रहरी प्रमुख ढकालको भनाई छ ।














0 प्रतिकृया