आजबाट प्रचण्डले पेरिसडाँडामा नेता कार्यकर्ताहरूसँग भेट गर्ने
एक्सन खबर
काठमाडाैं, १ बैशाख । आज नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालयमा हरेक शुक्रबार नेता/कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रमको सुरुवात गर्दैछन् ।
अध्यक्ष प्रचण्डले आजदेखि हप्ताको हरेक शुक्रबार पार्टी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने प्रचण्डको सचिवालयले बताएकाे छ ।
नयाँ वर्ष २०८० सुरू भएसँगै प्रचण्डले नयाँ कामका रूपमा पार्टीका नेता/कार्यकर्ताहरूसँग पेरिस डाँडामा भेट गर्न सुरूवात गरेका हुन् । अहिले उनी पेरिसडाँडा पुगिसकेका छन् ।
0 प्रतिकृया