Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


अब काठमाडाैं महानगरमा २५ दिन भित्रै नक्सा पास हुने

एक्सन खबर
बैशाख, २, २०८०


अब काठमाडाैं महानगरमा २५ दिन भित्रै नक्सा पास हुने

काठमाडाैं, २ बैशाख । नयाँ वर्षकाे अवसरसँगै काठमाडौं महानगरपालिकाले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ ।

महानगरपालिकाका मेयर बालेन शाहले शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको जानकारी दिए । 'हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं, पहिले पनि विद्युतीय प्रणाली थियो तर नक्साकिताबमा राख्नुपर्थ्यो । जसको लागि सेवाग्राही महानगर र वडा घुम्नुपर्ने अवस्था थियो । सोही काम गर्न दुई-तीन महिना लाग्ने गर्थ्यो अब बढीमा २५ दिनमा हुनेछ ।' मेयर बालेनले भनेका छन् ।

यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिने छ ।

बालेनले विद्युतीय प्रणाली भए पनि ट्र्याकिङमात्र हुने सिस्टम पहिले रहेको उनले बताउँदै जसका कारण हरेक कार्यालयमा गएर काम गर्नुपर्ने झन्झट भएको बताएका छन् । अब पाँच हजार वर्ग फिटसम्मको नक्सा पास वडाबाटै हुनेछ ।

महानगरले छिटाे छरिताे सेवा प्रवाह गर्न सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरेकाे छ । यो प्रणाली लागू भएसँगै विचौलिया प्रवृत्ति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने मेयर बालेनले बताएका छन् ।













0 प्रतिकृया