Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


प्रशान्ती बृद्धाश्रममा १ लाखको अक्षयकोष

एक्सन खबर
बैशाख, ३, २०८०




प्रशान्ती बृद्धाश्रममा १ लाखको अक्षयकोष

सुर्खेत, ३ बैशाख । बृद्धाश्रम सहयोग समितिले कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरेको छ ।

ज्येष्ठ नागरीकहरुमा रहेको ज्ञान सीप क्षमता युवा पुस्तामा पु¥याउने उद्देश्यले शुरु भएको बृद्धाश्रम सहयोग समिति र प्रशान्ती बृद्धाश्रम विच सहकार्य भए अनुसार बृद्धाश्रममा एक लाखको अक्षय कोष स्थापना भएको हो ।

ज्येष्ठ नागरीक महासंघका केन्द्रिय सदस्य समेत रहेका प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले बृद्धाश्रमलाई अब प्रदेशकै अग्रणी संस्थाको रुपमा विकास गरीने सोच रहेको बताउँदै सहयोगी हातहरुको आवश्यकता रहेको बताए । हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने नीति रहेको बृद्धाश्रम सहयोग समितिले यो महिना कर्णालीको प्रशान्ती बृद्धाश्रम मा एक लाख अक्षयकोष स्थापना गरेको हो ।

५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवश्यक रहेको जानकारी गराउँदै सहयोग गर्न इच्छुकले ९८५८०६५८८८ मा सम्पर्क गर्न सक्ने पनि बताए ।

बृद्धाश्रम सहयोग समिति अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रमहरुमा कम्तीमा एक एक लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य अनुरुप आश्रममा सहयोग गरेको बताइन्  । वडाध्यक्ष र पालिकाले दिएको सहयोगबाट रकम जुटीरहेको उनले जनाइन् ।
 
उनले ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न चाहनेले ९८५१३४१११४ मा सम्पर्क गर्न सक्ने बताउँदै हरेकले महिनामा १० रुपैयामात्र भएपनी ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न आग्रह गरिन् ।  


















0 प्रतिकृया