Follow us:


Follow us

८ कार्तिक २०८३, शनिवार
८ कार्तिक २०८३, शनिवार


काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, आकाशमा होल्ड

एक्सन खबर
बैशाख, ११, २०८०


काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, आकाशमा होल्ड

काठमाडौं, ११ वैशाख । दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको केहिवेरमै इञ्जिन फेल भएपछि विमान अवतरण गर्न लागिएकाे छ ।

फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ । जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ ।

जहाज 9:30 मा दुबईका लागि उडेको थियो । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिबेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।













0 प्रतिकृया