Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, आकाशमा होल्ड

एक्सन खबर
बैशाख, ११, २०८०


काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, आकाशमा होल्ड

काठमाडौं, ११ वैशाख । दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको केहिवेरमै इञ्जिन फेल भएपछि विमान अवतरण गर्न लागिएकाे छ ।

फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ । जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ ।

जहाज 9:30 मा दुबईका लागि उडेको थियो । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिबेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।













0 प्रतिकृया