Follow us:


Follow us

८ कार्तिक २०८३, शनिवार
८ कार्तिक २०८३, शनिवार


इन्जिनमा कुनै समस्या नपरेकाे भन्दै दुबई उडानलाई निरन्तरता

एक्सन खबर
बैशाख, ११, २०८०


इन्जिनमा कुनै समस्या नपरेकाे भन्दै दुबई उडानलाई निरन्तरता

काठमाडाैं, ११ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरणको तयारीमा रहेकाे विमानकाे इन्जिनमा कुनै समस्या नपरेकाे भन्दै दुबई उडानलाई निरन्तरता दिइएकाे छ ।

आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको नागकिर उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रण लिएको बताइएकाे छ ।

चालक दलले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि ९:२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०:१ मा खोलिएको थियो । आगो नियन्त्रण गर्न विमानस्थलमा ५ टा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । विमानमा कति यात्रु थिए खुलिसकेको छैन ।













0 प्रतिकृया