Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


इन्जिनमा कुनै समस्या नपरेकाे भन्दै दुबई उडानलाई निरन्तरता

एक्सन खबर
बैशाख, ११, २०८०


इन्जिनमा कुनै समस्या नपरेकाे भन्दै दुबई उडानलाई निरन्तरता

काठमाडाैं, ११ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरणको तयारीमा रहेकाे विमानकाे इन्जिनमा कुनै समस्या नपरेकाे भन्दै दुबई उडानलाई निरन्तरता दिइएकाे छ ।

आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको नागकिर उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रण लिएको बताइएकाे छ ।

चालक दलले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि ९:२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०:१ मा खोलिएको थियो । आगो नियन्त्रण गर्न विमानस्थलमा ५ टा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । विमानमा कति यात्रु थिए खुलिसकेको छैन ।













0 प्रतिकृया