Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


फ्लाई दुबईकाे जहाज दुबई विमानस्थलमा अवतरण

एक्सन खबर
बैशाख, १२, २०८०


फ्लाई दुबईकाे जहाज दुबई विमानस्थलमा अवतरण

काठमाडाैं, १२ बैशाख । फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ । फ्लाइट राडारका अनुसार फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२:१० मा अवतरण भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको जहाजकाे एउटा इन्जिनमा आगो लागेकाे थियाे । साेमबार राति ९ बजेर २० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो ।

फ्लाई दुबईले जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको दुबई मिडिया अफिसले जनाएको छ ।














0 प्रतिकृया