नेकका सह–प्राध्यापक कामनपा शहरी योजना आयोगको सदस्यमा नियुक्त
एक्सन खबर
काठमाडौं, १३ बैशाख । नेपाल इन्जिनियरिङ कलेजका सह–प्राध्यापक बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । कलेजमा लामो समयदेखि प्राध्यापन सेवामा सक्रिय भट्टराई काठमाडौं महानगरको शहरी योजना आयोगमा नियुक्त भएका हुन् ।
कलेजको एकेडेमिक कोअर्डिनेटर समेत रहिसकेका भट्टराईलाई आयोगले आगामी दुई वर्षकालागि सदस्यमा नियुक्त गरेको हो । भट्टराईलाई सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व विषय क्षेत्रको प्रतिनिधित्व सहित आयोगको सदस्यको रुपमा नियुक्त गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
‘काठमाडौं महानगरपालिका शहरी योजना आयोग (गठन तथा कार्याविधि) ऐन २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ङ) बमोजिम आयोगमा रिक्त सदस्य पदमा उपदफा (३) को खण्ड (छ) सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व विषय क्षेत्रको प्रतिनिधित्व सहित’ सह–प्राध्यापक भट्टराईलाई नियुक्त गरिएको जनाइएको छ ।
महानगरले आयोगमा रिक्त रहेको अन्य सदस्यहरुमा प्रतिक अधिकारी, सरस्वती मानन्धर, विनोदबाबु न्यौपाने, रोहित पौडेल तथा सुरज काफ्लेलाई नियुक्त गरेको प्रवक्ता मानन्धरले जानकारी दिए । आयोगको सदस्यमा नियुक्त भएसँगै सह–प्राध्यापक भट्टराईले कलेजमा राजिनामा बुझाएका छन् ।
0 प्रतिकृया