बाजुरामा मध्यराति दुई पटक भूकम्प
एक्सन खबर
काठमाडौं, १५ वैशाख । बाजुराकाे दहकोट केन्द्रविन्दु भएर गएराति दुई पटक भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार राति ११:५८ बजे ४.९ म्याग्निच्युडको र राति १:३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हाे ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भूकम्पले क्षति पुर्याए/नपुर्याएको एकीन हुन सकेको छैन । मध्यरात भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाजुराले भूकम्पले पुर्याएकाे क्षतिकाे सूचना संकलन गर्न प्रहरी खटाएकाे छ । ‘कहाँ के कति क्षति पुग्याे जानकारी लिन प्रहरी परिचालन गरेका छाैं ।’ बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भने ।
0 प्रतिकृया