महिला घेदुङद्धारा स्कुल सामग्री वितरण
एक्सन खबर
धरान, १६ बैशाख । नेपाल तामाङ महिला घेदुङ धरान नगर समितिले विपन्न ३० जना विद्यार्थीहरुलाई स्कुल व्याग र कापी वितरण गरेको छ । २५६७ औं बुद्ध जयन्ती र नयाँ वर्ष २०८० सालको अवसरमा धरानका विभिन्न वस्तीमा रहेका विपन्न विद्यार्थीहरुलाई स्कुल व्याग र कापी वितरण गरिएको हो ।
यस वर्षको सोनाम ल्होछार–२८५९ को अवसरमा घरघरमा ल्होछार खेलेर संकलन गरेको रकमबाट बनभोज नखाएर धरानका विभिन्न वस्तीमा रहेका अति विपन्न विद्यार्थीहरुलाई शिक्षा आर्जन गर्नमा टेवा पुर्याउने उद्देश्यले स्कुल सामग्री वितरण गरिएको महिला घेदुङका धरान नगर अध्यक्ष गंगा तामाङले बताए ।
तामाङ महिला घेदुङ नगर अध्यक्ष तामाङको अध्यक्षतामा भएको भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, जिल्ला सचिव मंगलसिंह तामाङ, नगर उपाध्यक्ष सपन तामाङ, महिला घेदुङ सुनसरी अध्यक्ष विष्णु मोक्तान, धरान नगर निवर्तमान अध्यक्ष प्रेम वाइवा, महिला घेदुङ धरान उपाध्यक्ष गोमा गोले लगायतले मन्तव्य राखेका थिए ।
वक्ताहरुले शैक्षिक सामग्री वितरण जस्तो समाजपयोगी कार्यक्रम गरेको भन्दै आयोजकको प्रशंसा गरे । उनीहरुले नेपाल तामाङ घेदुङले तामाङ समुदायको समग्र स्तरोन्नतिका लागि शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।
0 प्रतिकृया