एमाले काेशी प्रदेशकाे मिसन ग्रासरुटको समीक्षा बैठक
एक्सन खबर
सुनसरी, १७ बैशाख । नेकपा (एमाले) को मिसन ग्रासरुटको कोशी प्रदेशको समीक्षा बैठक सम्पन्न भएको छ । शनिबार र आइतबार दुई दिन धनकुटाको नाम्जे, थुम्की सामुदायिक होम स्टेमा सम्पन्न समीक्षा बैठकको उद्घाटन पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिन् ।
बैठकमा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अग्नि खरेल, शेरधन राई, डा. शिवमाया तुम्वाहाम्फे, गुरु बराल, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगबती चाैधरी लगायतका नेताहरूको आतिथ्यता रहेको थियो ।
कोशी प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपानेको अध्यक्षतामा भएको समीक्षा बैठकमा जिल्ला अध्यक्षहरू र मिसन ग्रासरुटका केन्द्रीय प्रतिनिधिहरूले अभियान अवधिमा भएका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकको समापनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
0 प्रतिकृया