लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
एक्सन खबर
दाङ, १९ वैशाख । मंगलबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरे ।
सत्ता पक्षीय गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका चौधरीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत सत्तारुढ गठबन्धनमा रहेका प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यले भने चाैधरीकाे विपक्षमा मतदान गरे । यहि वैशाख ११ मा विश्वासको मत नपाएर नेकपा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेकाे थियाे ।
त्यसपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएकाे ३५ दिनभित्र विस्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मंगलबार चाैधरीले प्रदेश सभबाट विस्वासकाे मत लिएका हुन् ।
लुम्बिनी प्रदेशसभामा १० दलका ८७ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा बहुमत पुर्याउन ४४ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । विस्वासकाे मत लिएसँगै चाैधरीले अब सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
0 प्रतिकृया